प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०२-२३

  • A
  • A-
  • A+
Share

      कैलाली:-  मिति २०८२।०२।२२ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला स्थित चेक पोष्टमा जिल्ला बर्दिया, राजापुर न.पा.१ बस्ने बर्ष १९ को हिक्मत रावत र ऐ.गेरुवा गा.पा.४ बस्ने बर्ष २८ को छवि बि.क. लाई शंका लागि चेकजाँच गर्दा ९०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        

      यसैगरी,  मिति २०८२।०२।२२ गते १८:३० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौलाबाट लम्कीचुहा न.पा.५ चौरी बस्ने बर्ष २३ को निराजन बडुवाल, ऐ. २ बस्ने बर्ष २० को सुरेश बि.क. र  ऐ. ६ बस्ने बर्ष २२ को अनमोल बि.क. लाई शंका लागि चेकजाँच गर्दा १ ग्राम २९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।        

      यसैगरी,  मिति २०८२।०२।२२ गते १९:२५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ बेली स्थित सु.प.प्र.०१-०१२ प ९१५१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक ऐ.१८ बस्ने बर्ष १९ को दिपेश बस्नेतको साथबाट १ ग्राम ६९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।              

       कञ्चनपुर:-  मिति २०८२।०२।२२ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाटबाट लालझाडी गा.पा.३ बल्मी बस्ने बर्ष २२ को आशिष राना, ऐ.कृष्णपुर न.पा.२ बाणी बस्ने बर्ष २४ को सुरेश खुना र जिल्ला बर्दिया, गुलरिया न.पा.१२ टपरी बस्ने बर्ष ३५ को श्याम चौधरीलाई  शंका लागि चेकजाँच गर्दा २ ग्राम ६७० मिलीग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।         

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।