भरुवा बन्दुक र जंगली जनावरको छाला सहित मानिस पक्राउ
२०८२-०२-२३
- A
- A-
- A+
अछाम:- मिति २०८२।०२।२२ गते १३:५० बजेको समयमा इलाका प्रहरी कार्यालय बगुडाठाँटी, अछामबाट खटिएको प्रहरी टोलीले जिल्ला अछाम, मेल्लेख गा.पा.२ डाँडाश्री पाटन बस्ने बर्ष ६८ को मने बहादुर धामीको घर गोठमा खानतलासी गर्दा गोरु बाध्ने गोठमा लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक थान १, ऐ.मा प्रयोग हुने केप थान-१ र सोही ठाउँ बस्ने बर्ष ४९ को लाल सिहं धामीको गोरु बाध्ने गोठमा लुकाई छिपाई राखेको अवस्थामा जंगली जनावर थारको ३ फिट ६ ईन्च लामो छाला फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त हतियार, छाला सहित निजहरु दुवै जनालाई नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।