आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८२-०२-२७
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०२।२६ गते २३:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ भुराकोट स्थित सोही ठाउँ बस्ने करन थापाले सञ्चालन गरेको एक तले टिनले छाएको कच्ची किराना पसलमा आगलागी हुँदा पसल भित्र रहेका टि-टेबल, डि-फ्रिज, चाउचाउ, बिष्कुट, सिलेण्डर ग्यास अन्य किराना लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु. १,५०,०००।– (एक लाख पचास हजार) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको ।