प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०२-२८

  • A
  • A-
  • A+
Share

      कैलाली:-  मिति २०८२।०२।२७ गते २०:४० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.५ गेटाबाट ऐ.१ मनहरा बस्ने बर्ष २० को कमल रिजाललाई शंका लागि चेकजाँच गर्दा ५ ग्राम १८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          

      यसैगरी,  मिति २०८२।०२।२७ गते २२:३० बजेको समयमा मानिस नबस्ने (बाँझो) घरमा लागूऔषध सेवन गरी रहेका छन भनि गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुखडबाट ऐ. लक्ष्मीपुर बस्ने बर्ष २० को उमेश नाथ योगी,  बर्ष १९ को बिनोद मिजार, बर्ष १९ को दिनेश बहादुर बिष्ट, १८ बर्षिय किशोर र ऐ.२ साडेपानी बस्ने १८ बर्षिय किशोर समेत पाँच जनालालाई नियन्त्रणमा लिई निजहरुको शरिर खानतलासी गर्दा २१ ग्राम ८२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।            

       कञ्चनपुर:- मिति २०८२।०२।२७ गते २१:०० बजेको समयमा नेपाल भारत सिमा नाकामा लागूऔषध ओसार पसार भई रहेको छ भन्ने सुचनाको आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ११ गड्डाचौकीबाट शंकास्पद रुपमा हिडिरहेको अवस्थामा  बेदकोट न.पा.८ गैलनदी बस्ने १८ बर्षिय दुई जना किशोरलाई शंका लागि चेकजाँच गर्दा ८४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजहरु दुवै जनालाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।             

      

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।