फरार प्रतिबादी पक्राउ
२०८२-०२-२८
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०२।२७ गते इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. बैंकिङ कसुर मुद्दामा १ बर्ष १० महिना ७ दिन कैद सजाय र रु.२५,४०,५२२।- (पच्चिस लाख, चालिस हजार, पाँच सय, बाईस रुपैया) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, बेलौरी न.पा. १ बस्ने वर्ष ५२ को राम बहादुर गिरी थारु ।
२. बैंकिङ कसुर मुद्दामा रु.२२,८३,८००।- (बाईस लाख,त्रियासी हजार,आठ सय रुपैया ) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.८ खड्डा बस्ने वर्ष ४२ को मिलन राना ।
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको लागूऔषध ( खैरो हिरोईन) मुद्दामा २ महिना १० दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, जोशिपुरगा.पा.०७ घैलाबौनिया बस्ने बर्ष २५ को अमित चौधरीलाई इलाका प्रहरी कार्यालय जोशीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।२७ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।