अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-२९
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०२।२८ गते २०:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ तारानगरबाट सोही ठाउँ बस्ने बर्ष २० को रिसव चौधरीलाई शंका लागि चेकजाँच गर्दा ७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।०२।२८ गते १५:२० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ बसपार्कबाट जिल्ला कैलाली, घोडाघोडी न.पा.१ सुख्खड बस्ने १६ र १७ बर्षिय दुई जना किशोरलाई शंका लागि चेकजाँच गर्दा ६.५९ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।