प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०२-३०

  • A
  • A-
  • A+
Share

       कञ्चनपुर:-  मिति २०८२।०२।२९  गते १९:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.०४ जमुनाघारी स्थित भारत बाट नेपाल तर्फ आउदै गरेको अवस्थामा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ वडहरा बस्ने वर्ष २७ को अम्मर चौधरीले चलाएको सु.प.प्र.०१-०१२ प १७२७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा १ ग्राम २३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारी उक्त पदार्थ, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २५ को भिमजंग कठरिया समेत दुई जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र सशस्त्र प्रहरी बल वि.ओ.पी. आँपताल, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।       

      यसैगरी,  मिति २०८२।०२।२९ गते २०:३० बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.०१ पशुपति टोलबाट ऐ. भिमदत्त न.पा.११ सम्झना टोल बस्ने बर्ष २३ को सुरज सार्की समेत दुई जनालाई शंका लागि चेकजाँच गर्दा ०.०५ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित अस्थायी प्रहरी पोष्ट झोलुङ्गे, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                                      

सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१३

    कैलाली:- मिति २०८२।०४।१२ गते १६:५५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ब्यारेल नजिक सु.प.प्र ०१-००८ प २७३३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कैलाली, ऐ.७ बस्ने बर्ष १९ को जिवन मन्ने र मोटरसाइकल पछाडी सवार ऐ. वस्ने बर्ष २७ को आदित्य खड्काको साथबाट ४ ग्राम ३८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजहरु दुवै जनालाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                   यसैगरी, मिति २०८२।०४।१२ गते २१:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१४ खुटिया टोल स्थित प्र ३-०२-००७ प ५५२० नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कैलाली, ऐ.७ बस्ने बर्ष २५ को सुभम राना र मोटरसाइकल पछाडी सवार ऐ.बस्ने सेवा रानाको साथबाट ३ ग्राम ६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                     कञ्चनपुर:- मिति २०८२।०४।१२ गते १६:५० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ नकैयाबाट ऐ.४ रिछा बस्ने बर्ष २३ को राम कुमार राना र ऐ. पुनर्वास न.पा.६ ङ गाउँ बस्ने बर्ष २२ को कल्लु रानालाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट २.४३ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।