प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०३-०१

  • A
  • A-
  • A+
Share

      कैलाली:-  मिति २०८२।०२।३१ गते १५:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ लक्ष्मी नर्सरी नजिकबाट ऐ. गौरीगंगा न.पा.४ बस्ने बर्ष २६ को बिजय नेपाली र ऐ.२ बस्ने बर्ष ३२ को अभिशेक हमाललाई शंका लागि चेकजाँच गर्दा ५२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित प्रहरी चौकी कैलालीगाउँ र अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          

      यसैगरी,  मिति २०८२।०२।३१ गते १७:२० बजेको समयमा जिल्ला कैलाली, जानकी गा.पा.७ मोतीनगर चोक स्थित सडक खण्डबाट ऐ. जोशीपुर गा.पा.१ बस्ने बर्ष २३ को शिव बहादुर चौधरीले ऐ. जानकी गा.पा.७ बस्ने बर्ष ३३ को देसराम चौधरीलाई बिक्री बितरण गरिरहेको अवस्थामा १९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          

     कञ्चनपुर:-  मिति २०८२।०२।३१ गते १३:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ तिलाचौर केदार टोल स्थित बर्ष ६० को राम सिंह साउदको घरमा खानतालासी गर्दा २ के.जि. १५५ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।              

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।