प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०३-०१

  • A
  • A-
  • A+
Share

      कैलाली:-  मिति २०८२।०२।३१ गते १५:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ लक्ष्मी नर्सरी नजिकबाट ऐ. गौरीगंगा न.पा.४ बस्ने बर्ष २६ को बिजय नेपाली र ऐ.२ बस्ने बर्ष ३२ को अभिशेक हमाललाई शंका लागि चेकजाँच गर्दा ५२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित प्रहरी चौकी कैलालीगाउँ र अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          

      यसैगरी,  मिति २०८२।०२।३१ गते १७:२० बजेको समयमा जिल्ला कैलाली, जानकी गा.पा.७ मोतीनगर चोक स्थित सडक खण्डबाट ऐ. जोशीपुर गा.पा.१ बस्ने बर्ष २३ को शिव बहादुर चौधरीले ऐ. जानकी गा.पा.७ बस्ने बर्ष ३३ को देसराम चौधरीलाई बिक्री बितरण गरिरहेको अवस्थामा १९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          

     कञ्चनपुर:-  मिति २०८२।०२।३१ गते १३:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ तिलाचौर केदार टोल स्थित बर्ष ६० को राम सिंह साउदको घरमा खानतालासी गर्दा २ के.जि. १५५ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।              

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।