फरार प्रतिबादी पक्राउ
२०८२-०३-०१
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति२०८१।०९।१२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा २ बर्ष कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ बस्ने गणेश चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।३१ गते ऐ.कैलारी गा.पा.१ हसुलिया बजारबाट पक्राउ गरेको ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०५।२० गतेको फैसलाले लागूऔषध मुद्दामा २ महिना २९ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १० गज्जर बस्ने बर्ष २९ को नरेन्द्र कार्कीलाई प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।३२ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।