आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८२-०३-०२
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।०२ गते ०३:०० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा. ०६ बाघमारा बस्ने लाल सिंह भुलको काठले बनेको टिनले छाएको दुईतले कच्ची गोठमा हावाहुरी पानी संगै पर्न गएको चट्याङको झिल्का बाट आगलागी हुँदा अन्दाजी मुल्य रु.१,००,०००।– (एक लाख) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको ।