फरार प्रतिबादी पक्राउ
२०८२-०३-०२
- A
- A-
- A+
डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले अबैध रुपमा साल जातको काठ चिरानी मुद्दामा २० दिन कैद सजाय र रु.३०,४३० (तिस हजार चार सय तिस) जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, आलिताल गा.पा. ८ बस्ने बर्ष ४० को कमल थापामगरलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।०१ गते ऐ.वडा कार्यालय नजिक बाट पक्राउ गरेको ।