अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-०४
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०३।०३ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.१ चम्फापुर स्थित सडक किनाराबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५९,५६०।- बराबरको हार्डवेयर तथा किरानाका लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकी पठाएको ।