अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-०४
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०३।०३ गते १४:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ गड्डाचौकी स्थित नेपाल भारत सिमाना ०७ नम्बर पिल्लर नजिकबाट भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा ऐ.६ बस्ने बर्ष २६ को राजेश गुरुङलाई शंका लागि चेकजाँच गर्दा १ ग्राम २२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०३।०३ गते २१:१० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.७ खैराना स्थित कलकत्ता बेलौरी सडक खण्डबाट ऐ. पुर्नवास न.पा.१ पुरैना बस्ने बर्ष ३८ को कञ्चनजंग चौधरी र बर्ष २२ को अर्जुन रानालाई शंका लागि चेकजाँच गर्दा ०.९१ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।