लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-०५
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।०४ गते १५:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.१ स्थित शेरचन होटलको ११० नम्बर कोठाबाट ऐ. लम्कि चुहा न.पा.६ गुलरा बस्ने बर्ष २४ को शुरेश रावल, वर्ष २० को प्रमोद धामी, वर्ष २३ को तुषार कटुवाल र ऐ.जानकी गा.पा.९ बस्ने बर्ष २५ को अनिष रावललाई सोही होटलको कोठामा लागूऔषध सेबन गरि रहेको अवस्थामा ३ ग्राम ६५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु चारै जनालाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०३।०४ गते १६:१५ बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला स्थित चेक पोष्टमा ऐ. लम्कि चुहा न.पा.१ सिबिर बस्ने बर्ष २५ को हरीराम चौधरीलाई शंका लागि चेकजाँच गर्दा ६ ग्राम ७३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।