अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-०६
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।०५ गते ११:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ सब्जिमण्डी नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३२,०००।- बराबरको बिडी, सुटपिस लगायतका सामानहरु अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०३।०५ गते १९:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ नकैयाबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०४,६२०।– बराबरको पेय पदार्थ, BERGER PAINTS, गम्छा, गञ्जी, प्लाष्टिक झिल्ली, मोटरसाइकल थान-१ लगायतका सामानहरु इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।