प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०३-०६

  • A
  • A-
  • A+
Share

      कैलाली:-  मिति २०८२।०३।०५ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा. ९ बालुवाटार स्थित सडक खण्डबाट ऐ. लम्कि चुहा न.पा.१ बस्ने वर्ष २३ को अम्मर शाही समेत पाँच जनालाई १ ग्राम ८०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु पाँचै जनालाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।            

     कञ्चनपुर:- मिति २०८२।०३।०५ गते १४:५० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा. ३ कान्छी बजार स्थित ऐ.५झिलमिला बस्ने बर्ष २५ को नरेन्द्र प्रसाद भट्ट, बेदकोट न.पा.१० दैजी बस्ने बर्ष ३२ को केशब बिष्ट र भिमदत्त न.पा.४ महेन्द्रनगर बस्ने बर्ष २८ की लक्ष्मी चन्दलाई सडक छेउमा बसिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा ७३० मिलीग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारी उक्त पदार्थ, निजहरुले प्रयोग गरेको से ६ प २२६३  मोटरसाइकल थान-१ सहित तिनै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी र सशस्त्र प्रहरी बल वि.ओ.पी. झिलमिला, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।         

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।