फरार प्रतिबादी पक्राउ
२०८२-०३-०६
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।०५ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. लागू औषध (खैरो हिरोईन) मुद्दामा ५ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेदकोट न.पा.९ बस्ने वर्ष ३१ को भुवन कुँवर ।
२. लागू औषध (खैरो हिरोईन) मुद्दामा १ महिना २४ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ बस्ने वर्ष ३० को राजेश राज पन्त ।