अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-०७
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।०६ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ SPA कलेज नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४६,६०२।- बराबरको गाडी र ट्रकको पार्ट पुर्जा लगायतका सामानहरु अस्थायी प्रहरी पोष्ट बसपार्क, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०३।०६ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ भुजेलाबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०५,३५०।– बराबरको बिजुली, हार्डवेयर लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।