सवारी दुर्घटनामा मृत्यु, घाईते
२०८२-०३-०७
- A
- A-
- A+
डोटी:- मिति २०८२।०३।०६ गते १३:४० बजेको समयमा जिल्ला डोटी, आदर्श गा.पा.१ खिराधार धौलामाटी स्थित दिपायल-सायल भित्री सडक खण्डमा आदर्शबाट मेल्लेख तर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ ज १३९५ नम्बरको जिप घुम्तीमा अनियन्त्रीत भईसडकबाट अन्दाजी २५० मिटर तल खस्न गई दुर्घटना हुँदा चालक ऐ. ७ दडिमाना बस्ने बर्ष २७ को सुरेश कार्की र ऐ. सायल गा.पा. ४ सुण्ड बस्ने बर्ष ४१ की हरु देवी बि.क. को घटनास्थलमै मृत्यु भएको, ऐ.सायल गा.पा.-६ कटुवाल गाँउ बस्ने बर्ष ३५ की काली कटुवालको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको साथै जिपमा सवार अन्य पाँच जना घाईते हरुको बिभिन्न अस्पतालमा उपचार भईरहेको ।