आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८२-०३-०८
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०३।०७ गते २१:५० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० शुकासाल स्थित सोही ठाउँ बस्ने महेश लुहारले संचालन गरेको कुखुरा मासु पसलमा कुखुराको मासु पोल्ने क्रममा ग्यासको पाइपबाट आगलागी हुँदा पसल भित्र रहेका डि-फ्रिज, पंखा लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु. १,२०,०००।– (एक लाख बिस हजार) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय क्षती नभएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको ।