जुवातास खेलिरहेको अबस्थामा १२ जना पक्राउ
२०८२-०३-०८
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।०७ गते १४:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ मनेहरा स्थित न्यू लामिछाने कन्ट्रकसन भित्र जुवातास भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा ऐ.१ बस्ने बर्ष ३१ को सन्तोष कामी सहित १२ (बाह्र) जनालाई नगद नेपाली रुपयाँ रु.१,२६,२८० र भारतिय रुपयाँ ३००० गरी जम्मा रु.१,३१,१८०।–, १३ थान मोबाइल र ४ गड्डी तास सहित वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।