अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-०९
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।०८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१५ उर्मी कालिका सामुदायिक बन र जानकी गा.पा.७ स्थित पुछरी सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,१८,१००।– बराबरको चिनी, बिडी, सुर्ती, प्लाष्टिक डोरी, मोटरसाइकल थान-२ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।