लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-०९
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।०८ गते २२:०० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा. ४ सिमथरी स्थित पिपल चौतारामा लागूऔषध सेवन गरी रहेको अवस्थामा ऐ.१ बस्ने बर्ष २५ को प्रदिप चौधरी, ऐ.९ रतिपुर बस्ने १८ बर्षिय किशोर र भारत आसाम प्रदेश दामाजी जिल्ला जुनैला नहर्जुन बस्ने बर्ष २२ को राजेश मिलिलाई २८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरुलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।