प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कटुवा पेस्तोल सहित २ जना भारतिय पक्राउ

२०८२-०३-०९

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।०३।०८ गते १६:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धनगढी उ.म.न.पा.१२ पटरीघाट स्थित भारत लखिमपुर जिल्ला बेलावर्सी बस्ने बर्ष २४ को सौरब सिंह र बर्ष २० को विपिन कुमारलाई नेपाल भारत सिमानामा पैदल हिडिरहेको अवस्थामा संका लागी चेकजाँच गर्दा निजहरुको साथबाट कटुवा पेस्तोल नाल-१ र ऐ. मा लाग्ने गोली–१ राउण्ड फेला पारि आवश्यक प्रक्रिया पुरा गरि उक्त पेस्तोल र राउण्ड सहित निजहरु दुवै जनालाई पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।    

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।