कटुवा पेस्तोल सहित २ जना भारतिय पक्राउ
२०८२-०३-०९
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।०८ गते १६:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धनगढी उ.म.न.पा.१२ पटरीघाट स्थित भारत लखिमपुर जिल्ला बेलावर्सी बस्ने बर्ष २४ को सौरब सिंह र बर्ष २० को विपिन कुमारलाई नेपाल भारत सिमानामा पैदल हिडिरहेको अवस्थामा संका लागी चेकजाँच गर्दा निजहरुको साथबाट कटुवा पेस्तोल नाल-१ र ऐ. मा लाग्ने गोली–१ राउण्ड फेला पारि आवश्यक प्रक्रिया पुरा गरि उक्त पेस्तोल र राउण्ड सहित निजहरु दुवै जनालाई पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।