आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८२-०३-०९
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८२।०३।०८ गते २३:०० बजेको समयमा जिल्ला कञ्चनपुर, वेदकोट न.पा.१ चम्फापुर बस्ने नन्दा कुमारी भट्टले आफ्नै तिन कोठे पक्की घरमा संचालन गरेको फेन्सि पसलमा बिद्युतको तार सट भई आगलागी हुँदा पसल भित्र रहेका नगद, सुटपिस, चप्पल, थान कपडा, लेडिज व्याग लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.२४,०५,०००।– (चौविस लाख पाँच हजार) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाय क्षेती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको ।