फरार प्रतिबादी पक्राउ
२०८२-०३-१०
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।०८।०४ गतेको फैसलाले लागू औषध (खैरो हेरोइन ) मुद्दामा १ बर्ष कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ क्याम्पसचोक बस्ने वर्ष ३१ को बिबेक बराललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।०९ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
यसैगरी, फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७२।०५।०८ गतेको फैसलाले नकबजनि चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु.९,९५५।- जरीवाना तोकिएको जिल्ला कञ्चनपुर, बेदकोट न.पा.७ बस्ने बर्ष ३७ को मंगरु डगौरालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।०९ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
यसैगरी, फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७२।१२।२१ गतेको फैसलाले आगोलगाई गौबध मुद्दामा १६ बर्ष कैद सजाय तोकिएको जिल्ला कैलाली, घोडाघोडी न.पा.५ बस्ने बर्ष ३१ को दिनेश धामीलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।०९ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।