अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-११
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।१० गते २२:३० बजेको समयमा जिल्ला कैलाली, भजनी न.पा.५ भगतपुर स्थित हुलाकी सडकखण्डबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५३,०५०।– बराबरको बिडी, सुर्ती, छाता, चक्कु, खानेतेल, मोटरसाईकल थान-१ लगायतका सामानहरु इलाका प्रहरी कार्यालय पृथ्बिपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।