लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-११
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।१० गते १७:१० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १८ F गाउँबाट सोही ठाउँ बस्ने वर्ष २८ को धरम पाललाई शंका लागि चेकजाँच गर्दा १ ग्राम ६२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०३।१० गते २२:०० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.८ घुर्सुवाबाट ऐ.धनगढी उ.म.न.पा.११ बस्ने बर्ष २४ को भक्तरानज रानालाई शंका लागि चेकजाँच गर्दा २ ग्राम १९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।