फरार प्रतिबादी पक्राउ
२०८२-०३-११
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८०।०९।१३ गतेको फैसलाले लागूऔषध (चरेश) मुद्दामा ९ महिना कैद सजाय र रु.४,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. ४ त्रिवेणी चोक बस्ने वर्ष ४० को कमल दल्याललाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।