अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-१२
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।११ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ मिलन चोक र ऐ.३ बिशालनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३४,७००।– बराबरको चिनी, चप्पल वनाउने फित्ता, चप्पलमा लगाउने सितारा, प्लाष्टिक डोरी, विभिन्न किसिमका कपडा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८२।०३।११ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा.११ गड्डाचौकी बजार र बेलौरी न.पा.१ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१४,५४०।– बराबरको मोवाईलका पार्टपुर्जा, वोईलर कुखुरा, कस्मेटिक, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।