फरार प्रतिबादी पक्राउ
२०८२-०३-१२
- A
- A-
- A+
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०९।०५ गतेको फैसलाले लागूऔषध (खैरो हेरोइन ) मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ मौरीफाँटा वस्ने वर्ष २२ को भरत रोकाया र सोही मुद्दामा ९ दिन कैद सजाय तोकिएको सोही ठाउँ वस्ने वर्ष २७ को हरिश कुवरलाई इलाका प्रहरी कार्यालय गुलरिया र अस्थायी प्रहरी पोष्ट गजरौला, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मिति २०८२।०३।११ गते निजहरुकै घर ठेगानाबाट पक्राउ गरेको ।