लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१४
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।१३ गते २१:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ राजपुरबाट सोही ठाउँ बस्ने १८ बर्षिय किशोरलाई शंका लागि चेकजाँच गर्दा १ ग्राम ७१० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।