बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला
२०८२-०३-१४
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।१३ गते २३:२० बजेको समयमा गोप्य सूचनाको आधारमा जिल्ला कैलाली, गौरीगंगा न.पा. ०७ महुलिया स्थित निराजन सामुदायिक बन क्षेत्र भित्र जमिनमा बेवारिसे अवस्थामा एकनाले बारुद लोड गरि राखेको भरुवा बन्दुक नाल - १ (एक) र एकनाले भाँचिएर २ (दुई) टुक्रा भएको भरुवा बन्दुक नाल – १ (एक) गरी जम्मा - २ (दुई) नाल भरुवा बन्दुक इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको, सो सम्बन्धमा अनुसन्धान भईरहेको ।