प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

२०८२-०३-१४

  • A
  • A-
  • A+
Share

       कैलाली:- मिति २०८२।०३।१३ गते २३:२० बजेको समयमा गोप्य सूचनाको आधारमा जिल्ला कैलाली, गौरीगंगा न.पा. ०७ महुलिया स्थित निराजन सामुदायिक बन क्षेत्र भित्र जमिनमा बेवारिसे अवस्थामा एकनाले बारुद लोड गरि राखेको भरुवा बन्दुक नाल - १ (एक) र एकनाले भाँचिएर २ (दुई) टुक्रा भएको भरुवा बन्दुक नाल – १ (एक) गरी जम्मा - २ (दुई) नाल भरुवा बन्दुक इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको, सो सम्बन्धमा अनुसन्धान भईरहेको । 


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।