प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नालामा लडी मृत्यु

२०८२-०३-१७

  • A
  • A-
  • A+
Share

कञ्चनपुर:- मिति २०८२।०३।१६ गते २२:१५ बजेको समयमा जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.३ देखतभुली बस्ने वर्ष ४० को अशोक चौधरी घर नजिकै सडकको छेउमा रहेको नालामा लडी सोही नालामा डुबी घाईते भई उपचारको लागी सेती प्रादेशीक अस्पताल धनगढी कैलाली लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको  ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०८-०६

    कैलाली:- मिति २०८२।०८।०५ गते १७:४० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.१ पुर्बलम्की स्थित माछापुछ्रे बैङक नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३८,८००।–बराबरको चिनी, सुर्ती लगायतका सामानहरु इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।     कञ्चनपुर:- मिति २०८२।०८।०५ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.९ बुद्धबिहार स्थित भित्रि सडकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८०,८८०।–बराबरको गहुँको विउ, हरियाली मल लगायतका समानहरु इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

फरार प्रतिबादी पक्राउ
२०८२-०८-०५

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।०४ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।१.      केही सार्वजनिक अपराध मुद्दामा ६ महिना कैद सजाय र रु.२५,०००।– (पच्चिस हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, जानकी गा.पा.८ भगरैया बस्ने वर्ष ३२ को दयाराम चौधरी र सोही मुद्दामा ६ महिना कैद सजाय र रु.२५,०००।– (पच्चिस हजार) जरिवाना तोकिएको सोही ठाउँ बस्ने बर्ष २७ को सुरेन्द्र चौधरी । २.      चोरी मुद्दामा १ महिना कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएकी जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ बस्ने बर्ष ३२ की सृजना कुमाल ।३.      लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ७ बस्ने बर्ष २३ को प्रकाश राना । ४.      लागूऔषध मुद्दामा २ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ बस्ने बर्ष २९ को शिव राना ।