अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-१८
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।१७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ तिलकेताल, त्रिनगर भन्सार कार्यालय नजिक र ऐ.१९ चाँदकी पार्कबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५९,९००।– बराबरको चिनी, बिडी, सुर्ती, चुरोट, सुटपिस, टप्स, कुर्ती, प्लाजु, साडी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।