लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२०
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।१९ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, जानकी गा.पा.९ कटासे स्थित बर्ष २७ को शंकर थापालाई निजकै घर भित्र कोठामा शंकास्पद बसिरहेको अवस्थामा निजको शरीर तथा घर कोठा खानतलासी गर्दा ८०० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ , ३० ग्राम लागूऔषध (गाँजा), Nicator 10 लेखेको ट्याब्लेट २ पिस र Tramadol क्याप्सुल १ पिस फेला पारी उक्त लागूऔषध सहित निजलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा धनगढी र प्रहरी चौकी अमरावती, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।