अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८२-०३-२३
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।२२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलन चोक, शिसा पोष्ट, राष्ट्रिय वाणिज्य वैंक नजिक र ऐ.१३ राजपुर चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३९,१००।– बराबरको चिनी, दाल, मिठाई, सरप, कुर्ती, सुटपिस, पर्दा, साडी, टप्स लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।