लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२३
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।२२ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, जानकी गा.पा.९ पाताभार स्थित निजकै घर ठेगानाबाट बर्ष २१ को जनक बोगटीलाई लागूऔषध सेबन गरिरहेको अवस्थामा फेला पारी घर कोठा खानतलासी गर्दा ११४ मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।०३।२२ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ डोके बजार स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा से ७ प ८८५ मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कैलाली, धनगढी उ.प.म.न.पा.५ शिवनगर बस्ने वर्ष ३३ को ईन्द्र ध्वज बमको साथबाट ७०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।