फरार प्रतिबादी पक्राउ
२०८२-०३-२३
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा २ महिना कैद सजाय र रु.३,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडा बस्ने १८ बर्षिय किशोरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२२ गते ऐ.१ अदालत रोडबाट पक्राउ गरेको ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले चोरी मुद्दामा १ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ बागबाणी वस्ने बर्ष २१ रोहित दमाईलाई अस्थायी प्रहरी पोष्ट पुष्पलालचोक, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२२ गते निजकै घर ठेगाना बाट पक्राउ गरेको ।