लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२५
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।२४ गते १५:३० बजेको समयमा जिल्ला कैलाली, बर्दगोरिया गा.पा.४ मुडा बजार चोकबाट सोही गा.पा.१ बस्ने बर्ष ३४ को अरुण बादीलाई शंका लागि चेकजाँच गर्दा १६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय सडकपुर बौनिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८२।०३।२४ गते २१:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१ मटैयाबाट सोही न.पा.३ खिरिया बस्ने बर्ष २५ को तेज बहादुर कार्की र ऐ. भिमदत्त न.पा. ४ बजार बस्ने बर्ष २५ को रोहीत भट्टलाई शंका लागि चेकजाँच गर्दा BUPRONORPHINE ४६ एम्पुल, DIAZEPAM १७ एम्पुल, PROMETHAZINE ४६ एम्पुल र सिरेन्ज थान १ प्रतिवन्धित लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निजहरु दुवै जनालाई प्रहरी चौकी फटैया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०३।२४ गते २१:३० बजेको समयमा गोप्य सुचनाका आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ बस्ने ललित जोशीको घर कोठा खानतलासी गर्दा १.०६ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।