प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०३-२५

  • A
  • A-
  • A+
Share

      कैलाली:-  मिति २०८२।०३।२४ गते १५:३० बजेको समयमा जिल्ला कैलाली, बर्दगोरिया गा.पा.४ मुडा बजार चोकबाट सोही गा.पा.१ बस्ने बर्ष ३४ को अरुण बादीलाई शंका लागि चेकजाँच गर्दा १६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय सडकपुर बौनिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।            

     कञ्चनपुर:- मिति २०८२।०३।२४ गते २१:३० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१ मटैयाबाट सोही न.पा.३ खिरिया बस्ने बर्ष २५ को तेज बहादुर कार्की र ऐ. भिमदत्त न.पा. ४ बजार बस्ने बर्ष २५ को रोहीत भट्टलाई शंका लागि चेकजाँच गर्दा BUPRONORPHINE ४६ एम्पुल, DIAZEPAM १७ एम्पुल, PROMETHAZINE ४६ एम्पुल र सिरेन्ज थान १ प्रतिवन्धित लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निजहरु दुवै जनालाई प्रहरी चौकी फटैया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।            

    यसैगरी,  मिति २०८२।०३।२४ गते २१:३० बजेको समयमा गोप्य सुचनाका आधारमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ बस्ने ललित जोशीको घर कोठा खानतलासी गर्दा १.०६ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।