फरार प्रतिबादी पक्राउ
२०८२-०३-२५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा २ महिना कैद सजाय र रु.३,०००।- (तिन हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडा बस्ने १८ बर्षिय किशोरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२४ गते ऐ.८ क्याम्पस चोकबाट पक्राउ गरेको ।
बझाङ:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको मिति २०७७।०४।२० गतेको फैसलाले काठ ओसार पसार सम्बन्धी मुद्दामा २ महिना कैद सजाय र रु.५,०००।- (पाँच हजार) जरिवाना तोकिएको जिल्ला बझाङ, केदारस्यु गा.पा.६ बस्ने बर्ष ३४ को डबल धामीलाई अस्थायी प्रहरी पोष्ट बागथला, बझाङबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।२४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।