प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०३-२८

  • A
  • A-
  • A+
Share

      कैलाली:-  मिति २०८२।०३।२७ गते १४:४० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ पुरानो भन्सार रोडबाट ऐ. कटान वस्ने बर्ष १९ को दिपक बोहरालाई  शंका लागि चेकजाँच गर्दा निजको साथ बाट ३४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          

      यसैगरी,  मिति २०८२।०३।२७ गते १८:४५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.२ शान्तिटोल स्थित बर्ष २२ को रबिन कुमार मल्लको घर कोठामा लागुऔषध कारोबार भैरहेको छ भन्ने सुचनाको आधारमा निजको घर कोठा खान तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला डोटी, पुर्वीचौकी गा.पा.४ घर भई बर्ष २८ को तेज बहादुर खड्का र निजको साथबाट ९ ग्राम ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।           


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।