लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२८
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।२७ गते १४:४० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ पुरानो भन्सार रोडबाट ऐ. कटान वस्ने बर्ष १९ को दिपक बोहरालाई शंका लागि चेकजाँच गर्दा निजको साथ बाट ३४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०३।२७ गते १८:४५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.२ शान्तिटोल स्थित बर्ष २२ को रबिन कुमार मल्लको घर कोठामा लागुऔषध कारोबार भैरहेको छ भन्ने सुचनाको आधारमा निजको घर कोठा खान तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा जिल्ला डोटी, पुर्वीचौकी गा.पा.४ घर भई बर्ष २८ को तेज बहादुर खड्का र निजको साथबाट ९ ग्राम ६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।