लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२९
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।२८ गते १७:१५ बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली गोदावरी न.पा.२ तेघरीबाट पैदल हिडिरहेको अवस्थामा सोही ठाउँ वस्ने बर्ष ३५ को तपेश खड्का र धनगढी उ.म.न.पा.५ बस्ने बर्ष २६ को दिक्पाल स्वारलाई चेकजाँच गर्दा निजहरुको साथबाट ३६० क्प्सुल TRAMADOL (३६ पत्ता) प्रतिवन्धित लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निज हरु दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८२।०३।२८ गते २०:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१८ फुलबारी F गाँउ वस्ने बर्ष २८ को केदार बोहराको शरिर तथा घर कोठा खान तलासी गर्दा निजको साथबाट ११ ग्राम ८६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।