लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३१
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।३० गते १८:४५ बजेको समयमा जिल्ला कैलाली धनगढी उपमहानगरपलिका ३ भन्सार एरियामा शंका लागि चेकजाँच गर्दा जिल्ला कैलाली गौरीगंगा न.पा. वडा नं. ८ बस्ने बर्ष ३१ को उमेश चौधरीको साथ बाट ९ ग्राम ३५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रीनगर कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।