फरार प्रतिबादी पक्राउ
२०८२-०३-३१
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी सम्बन्धि मुद्धामा चार महिना कैद र रु.३,३३३।३३ जरिवाना तोकिएको जिल्ला कैलाली गोदावरी न.पा.-७ बस्ने बर्ष १९ को निसान्त राना सहित एकजना किसोरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।३० गते १०:१५ बजेको समयमा धनगढी उप-महानगरपालिका ७ मनेहराबाट पक्राउ गरेको ।
यसैगरी,फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले वन मुद्धामा रु.१८,४४०। जरिवाना तोकिएको जिल्ला कैलाली जानकी गाँउपालिका वडा नम्बर ८ पहाडीपुर बस्ने बर्ष ३० को जितु चौधरीलाई इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।३० गते निजको घर ठेगानाबट पक्राउ गरेको ।