अबैध हातहतियारसहित मानिस नियन्त्रणमा
२०८२-०३-३१
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०२।३० गते १६:१५ बजेको समयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले जिल्ला कैलाली भजनि न.पा.-९ आमबाडी स्थित बस्ने बर्ष ५० को दिलिप कार्कीको घरमा खान तलासि गर्दा निम्नानुसारका हातहतियार सहित निम्न मानिसहरुलाई आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।
नियन्त्रणमा लिएका मानिसहरु:-
१. जि.कैलाली भजनि न.पा.-९ बस्ने बर्ष ५० को दिलिप कार्की ।
२. ऐ. बस्ने निजको छोरा बर्ष २२ को बिकास कार्की ।
३. ऐ.-५ बस्ने बर्ष ३० को सुरेश बिक ।
बरामद गरीएका हातहतियार, गोलीगठ्ठा र अन्य सामानहरु :-
१.NF BABY लेखिएको पेस्तोल थान-१, ऐ.को गोलि राउण्ड – ११, म्यागजिन थान-१ ।
२. नबिकरण नभएको ०,२२ बोर (हर्नेट) थान-१, ऐ.को गोली राउण्ड -२४ ।
३.कटुवा पेस्तोल थान-१ ।
४.भरुवा बन्दुकको काठ मात्र थान-१, छर्रा १ डिब्बा, भरुवा बन्दुकको घोडा थान-१ ।
५.मयुरको प्वाख २ गुच्चा ।
६. जरायोको सिंह थान-३ ।
सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।