अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३१
- A
- A-
- A+
कैलाली:- मिति २०८२।०३।३१ गते २०:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० गणपति ईटा भट्टा नजिक बा.प्र.०२-०३४ प ८०१९ नम्बरको स्कुटीलाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कैलाली, सोही उ.म.न.पा.१२ डी गाउँ बस्ने बर्ष २५ को धर्मेन्द्र सिंहको साथबाट २ ग्राम ४४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटी सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।