फरार प्रतिबादी पक्राउ
२०८२-०४-०१
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०३।३२ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. सवारी ज्यान कसुर मुद्दामा २० दिन कैद सजाय र रु.४,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी बस्ने वर्ष २७ को विजय आचार्य ।
२. सवारी ज्यान कसुर मुद्दामा १५ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.३ चिसापानी बस्ने वर्ष २८ को नमराज चापागाई ।
३. लागूऔषध (खैरो हेरोईन) मुद्दामा २ महिना २६ दिन कैद सजाय र रु.५०००।– जरिवाना तोकिएकी लम्कीचुहा न.पा.३ चिसापानी बस्ने वर्ष ३१ की दिपा कुमारी बिष्ट (साउँद) ।