प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०४-०२

  • A
  • A-
  • A+
Share

       कञ्चनपुर:-  मिति २०८२।०४।०१ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा.११ गडड्चौकी, दोधारा चाँदनी न.पा.३ कल्चुघाट र बेलौरी न.पा.२ भैसोरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,५८,४९०।– बराबरको सेतो, रातो, पहेलो कपडा, धोती, पर्दा, त्रिपाल, हाडबेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।


सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१३

    कैलाली:- मिति २०८२।०४।१२ गते १६:५५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ ब्यारेल नजिक सु.प.प्र ०१-००८ प २७३३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कैलाली, ऐ.७ बस्ने बर्ष १९ को जिवन मन्ने र मोटरसाइकल पछाडी सवार ऐ. वस्ने बर्ष २७ को आदित्य खड्काको साथबाट ४ ग्राम ३८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजहरु दुवै जनालाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण व्युरो शाखा धनगढी र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                   यसैगरी, मिति २०८२।०४।१२ गते २१:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१४ खुटिया टोल स्थित प्र ३-०२-००७ प ५५२० नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कैलाली, ऐ.७ बस्ने बर्ष २५ को सुभम राना र मोटरसाइकल पछाडी सवार ऐ.बस्ने सेवा रानाको साथबाट ३ ग्राम ६० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                     कञ्चनपुर:- मिति २०८२।०४।१२ गते १६:५० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ नकैयाबाट ऐ.४ रिछा बस्ने बर्ष २३ को राम कुमार राना र ऐ. पुनर्वास न.पा.६ ङ गाउँ बस्ने बर्ष २२ को कल्लु रानालाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट २.४३ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।