प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

डुबी मृत्यु

२०८२-०४-०२

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०४।०१ गते १४:४५ बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा.११ ऐठा बस्ने बर्ष २५ को उमेश धामी र बर्ष २० को प्रकाश धामी घर देखि अन्दाजी ७०० मिटर दक्षिण पश्चिम टाढा सुर्मा खोलामा पौडी खेल्ने क्रममा दुवै जना खोलामा डुवी वेपत्ता भएको खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटि गएको प्रहरी टोलीले स्थानियको सहयोगमा खोजतलास गर्दा दुवै जना वेहोश अवस्थामा फेला पारी उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा दुवै जनालाई मृत घोषणा गरेको ।  


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।